
नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा विष्फोट भएको छ ।
निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङकर विष्फोट भएको हो । बिष्फोटका कारण नजिकै रहेका घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
ट्याङकर नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट नजिकै रहेको राम अवतार मोटर्स ग्यारेजमा राखिएको थियो ।
ट्याङकरमा इन्धन नभएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ ।
नेपाल आयल निगम विराटनगरका सूचना अधिकारी दिवस विष्टले विष्फोटको विषयमा कार्यालयलाई आधिकारिक जानकारी नआएको बताए ।