
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ र २ का युवाहरुले संयुक्त रुपमा फुड बैँक अभियान संचालनमा ल्याएको छ । कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुको लागि खाद्यान्न संकलन गर्ने उद्धेश्य स्वरुप यो अभियान संचालनमा ल्याएको हो ।
विश्व भरी नै माहामारीको रुपमा फैलिएको यस कोरोना भाईरस (कोभिड १९) मा बारामा दोस्रो पटक गरीएको लकडाउनमा कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुलाई सहयोग गर्ने उद्धेश्य सहित यो फुड बैँक, सिमरा भन्ने अभियान संचालनमा ल्याएको वडा नम्बर १ का वडा अध्यक्ष हिराबहादुर गुरुङ्गले जानकारी दिए ।
यहाँबाट संकलित खाद्यान्नलाई कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरुलाई वितरण गर्न नमावलि समेत तैयार गरीरहेको र आवश्यक्ता पहिचान गरी वितरण गरीने वडा अध्यक्ष गुरुङ्खले बताए ।
यस अभियानको पहिलो दिन ३२ बोरा चामल, ३ कार्टुन चाउचाउ, २४ किलो पिठो, १८ प्याकेट नुन, ६ किलो मस्यौरा, ७ किलो दाल, १४ लिटर तेल र ६ हजार १ सय नगद संकलन भएको जनाइएको छ ।
यस अभियानलाई वडा नम्बर १ र २ मा तिन दिन सम्म संचालन गर्ने र त्यसबाट संकलित खाद्यान्नलाई वडाका कोरोनाबाट संक्रमित, विपन्न तथा असहाय परिवारहरु दिने बताईएको छ ।