निजगढ नगरपालिकामा कार्यरत ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी वेस र जिल्ला ट्राफिक कार्यालय निजगढमा कार्यरत १÷१ जना प्रहरी जवानमा कोरोना संक्रमण भएको हो । नारायणी कोभिड अस्पतालबाट सोमबार प्राप्त परीक्षण रिपोर्टमा निजगढका ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका मणिश्वर घिमिरेले जानकारी दिनुभयो ।
नगरपालिकाले गत २९ गते ६३ जनाको स्वाब संकलन गरि पठाइएकोमा ३ जनाको मात्रै रिपोर्ट आएको हो । निजगढबाट स्वाब संकलन गरिएका तर कलैया घर भएका अर्का एक जनामा पनि कोरोना पुष्टि भएको छ । अन्यको भने रिपोर्ट आउने बाँकी रहेको घिमिरेले जानकारी दिनुभयो ।
सुरक्षकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य शाखाले उनीहरुको सम्पर्कमा रहेकाहरुको पहिचान गरेर सोमबार ३० जनालाई आइसोलेशनमा बस्ने व्यवस्था मिलाएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले आफु माताहातमा कोरोना पुष्टि भएका जवानको नजिकको सम्पर्कमा रहेका १८ जना सुरक्षाकर्मीको पहिचान गरी आइसोलेशन राखिएको बताउनुभयो । यसअघि निजगढमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा पनि कोरोना पुष्टि भएको थियो ।
निजगढ नगरपालिकामा यो सहित १० जनामा कोरोना पुष्टी भएको छ भने एकको मृत्यु भएको छ । निमोनियाका बिरामी ८ वर्षे एक बालकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
ADVERTISEMENT