बारामा दुई गाउँबीचको झडप रोक्न १३ राउण्ड हवाइ फायर
बारामा दुई पक्षबीच झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।
सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए । गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएपछी घरटहरा समेत भत्काउन शुरु गरेपछि जिल्लाबाट थप टोली परिचालन गरिएको तथा ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएका कारण १३ राउण्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।
ADVERTISEMENT