निजगढ—काठमाडौं सेवा समाजले निजगढका ३ जना मृगौला पिडित बिरामीलाई शनिबार १ लाख ९० हजार ४ सय ७० रुपैया सहयोग गरेको छ ।

सेवा समाजका अध्यक्ष समिर पोखरेलले काठमाण्डौंमा आयोजित कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वर्ष २५ का रजत खडका, वडा नम्बर ११ की १९ वर्षिया सुमिना मोक्तान र वडा नम्बर ४ का ५३ वर्षका कृष्ण प्रसाद तिमल्सिनाका आफन्तलाई जनही ६३ हजार ४ सय ९० रुपैयाका दरले रकम हस्तान्तरण गरिएको हो । मृगौला प्रत्यारोपण र डायलाईसिस क्रममा ३ नै जना हाल काठमाडौमा छन ।

काठमाडौंस्थित थापा गाउमा रहेको समाजको कार्यालयमा एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको आर्थिक संकलन समितिका संयोजक प्रदिप पन्तले जानकारी दिए ।

मानवीय सेवामा समर्पित भइ आगामी दिनमासमेत दीनदुःखी र असाहयहरुको लागि सहयोग जारी राखिने सेवा समाजका सदस्य विनोद भारतीले बताए । रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण समाजका सदस्य रामकुमार लामाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय