आफूलाई पत्रकार बताएर समाजमा अफवाह फैलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका सुनिल शर्मा छन् ।

उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो । शर्माले आफूलाई दैनिक भारतको पत्रकार बताउने गरेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतलाई जोडेर समाजमा अफवाह फैलाउने खाले स्टाटस उनले लेखेका थिए ।

ज्ञवालीका अनुसार शर्माविरुद्ध मुलुकी अपराध संहितामा भएको अफवाह फैलाएको सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय