वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतलामा बिहीबार मृत्यु भएका बाराका दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा बिहीबार बिहान मृत्यु भएका वाराका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बाराको प्रसौनी गाउँपालिकाका २ प्रसौनीका ६५ वर्षीय र जीतपुर सिमरा उपमहानगरपालिका ४ औराहाका ५० वर्षीय पुरुषको बिहान कोरोना अस्पतालमा मृत्यु भएको थियो ।

पुराना दमका रोगी प्रसौनी निवासी ६५ वर्षीय वृद्धमा ज्वरो र खोकी लागेपछि परिवारले वीरगन्जको नारायणी वयोधा अस्पताल ल्याएका थिए । उनको उपचारको क्रममा बिहान साढे ८ बजेको समयमा मृत्यु भएको थियो ।

यसैगरी औराहा निवासी ५० वर्षीय पुरुष पुरानो मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई ५ दिनदेखि ज्वरो र खोकीसमेत लागेको थियो र कोरोना अस्पतालमा भेन्टिलेटरमा उपचार हुने क्रममा बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय