बाराको महागढीमाई नगरपालिकमा वडा नम्बर–२ मा जग्गाको विषयमा झडप हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

महागढीमाई नगरपालिकाको वडा नम्बर– २ बरियारपुरमा एक धुर जग्गाको विषयमा उत्पन्न विवाद बढेर दुई पक्षबीच झडप परेको प्रहरीले जनाएको छ । महागढीमाई नगरपालिकाको वडा नं. २ निवासी राधेकिशुन राउत बरईले घर बनाउनको लागि जग खन्न लाग्दा जग्गा मिचिएको भन्दै छिमेकी रघुनाथ बरईले निर्माण कार्य रोकेपछि विवाद सुरु भएको थियो ।

झडपमा राधेकिशुन बरईतर्फका विनोद चौरसिया, लालबाबु चौरसिया, उमेश चौरसिया, अजुर्ण चौरसिया, सुजय चौरसिया, हिरा सियाराम कुशवाहालगातका घाइते भएका छन भने अर्को पक्षका ब्रह्मदेव चौरसिया, रघुनाथ चौरसिया, जगरनाथ चौरसिया, रामदेव चैरसियालगयातका घाइते भएका छन् । झडपमा परी केही व्यक्ति गम्भीर घाइतेसमेत भएको स्थानीयले बताए ।

महागढीमाई नगरपालिका वडा नं. २ बरियारपुरको अवस्था राति अबेलासम्म पनि तनावग्रस्त रहेको थियो । दुवैतर्फबाट सयौंको संख्यामा मानिसहरु भेला हुन थालेपछि थप झडपको अवस्था उत्पन्न हुन नदिन सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

झडपमा घाइतेहरुको स्थानीय स्वास्थ्य संस्था र कलैैयास्थित अस्पतालमा उचार भइरहेको र स्थिति नियन्त्रणमा रहेको बरियारपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजकुमार यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय