श्याम गुप्ता, बिरगंज बिरगंजका निजि अस्पतालहरूले भर्ना गर्न नमाने पछि एक २० वर्षिय महिलाकाे ज्यान गएकाे छ । ती बिरामीलाई कुँनै पनि निजि अस्पतालहरूले भर्ना नलिने भने पछी उपचार अभावको कारण शुक्रवार राति उनको ज्यान गएको हाे ।
बिरगंज वाड नं.२ कि २० वर्षिय एक महिलालाई बिरगंजका निजि अस्पतालहरू एडभान्स् अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल, लगायत नेशनल मेडिकल कलेजले समेत भर्ना लिन नमाने पछि राती उनको ज्यान गएको थियाे ।
अन्तिम समयमा नारायणी अस्पताल लगिएकोमा बिरगंज हेल्थ केयरमा रेफेर गरिएको तर सो अस्पताल पनि कोभिडको पेसेन्ट मात्र लिने भनेर फर्काएकोले उपचार अभावका कारण उनको ज्यान गएको बिरामीसँगै रहेका सञ्चारकर्मी अजित भुजेलले जनाएका छ्न् ।
त्यस पछि बिरामीका आफन्तले जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदको सहयोगमा डा.उदय सिंहसँग सम्पर्क गरि बिरामीलाई गण्डक अस्पतालमा पुर्याईयो तर, अन्तिम अवस्थामा गण्डक अस्पतालले शुक्रवार राती मृत्य घोषणा गरेको हाे ।
दुई दिन अघि बिरगंजको नेशनल मेडिकल कलेजमा भर्ना लिन नमाने पछि एक अर्काे बिरामीको पनि मृत्यु हुँदा अस्पताललाई कार्यवाही गर्ने कुरा प्रशासनले गरे पनि अहिले सम्म केही गर्न सकेका छैनन् ।