एक महिनाअघि बाराको अमलेखगंजमा हत्या गरिएका निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षिय लालध्वज लामा ‘सानू’ को हत्यारा अहिलेसम्म पत्ता नलागेको भन्दै मृतकका परिवार र आफन्तले आज एक भेला गरेर घटनाको अनुसन्धानमा प्रहरीलाई सहयोग पुर्याइदिन दिन अनुरोध गरेका छन ।
निजगढ ८ स्थित निजी निवासमा संचारकर्मीसहित सयौं सर्वसाधारण उपस्थित रहेको सो भेलामा मृतक लालध्वजका दाजु आसमान लामाले एक महिना बितिसक्दा पनि प्रहरीले हत्यारा पहिचान गर्न नसकेको भन्दै गुनासो गर्नु भयो ।
उहाँले घटनामा राजनितिक दवाव र अन्य प्रभाव पनि हुनसक्ने भन्दै प्रहरीसंग निष्पक्ष अनुसन्धानको लागि माग गर्नुभएको थियो । अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग पुग्ने गरी स्थानीय सबैले भुमिका खेल्दिन समेत उहाले अनुरोध गर्नुभएको थियो ।
तत्काल हत्यारा पत्ता लगाएर कारवाही गर्न स्थानीय राजनितिक दलका प्रतिनिधिहरुको माग
भेलामा स्थानीय राजनितिक दलका प्रतिनिधि, मृतकका आफन्त, छिमेकी, सर्वसाधरण र संचारकर्मीहरुसमेत गरी सयौंको उपस्थिति रहेको थियो ।
भेलामा नेकपा प्रदेश नम्बर २ प्रदेश कमिटि सदस्य रविराज दङ्गाल, निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, नेपाली काग्रेसका पेमासिद्धि लामा, सोनु लामा, राप्रपाका खडकप्रसाद उप्रेति, निजगढ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टेबबहादुर लामा र वडा नम्बर १३ का अध्यक्ष एंव नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ल्ला अध्यक्ष सुर्य घलान लगाएतले पनि हत्यारालाई जतिसक्दा चाडो कानुनको दयारामा ल्याउनुपर्ने कुरामा जोड दिए ।
भेलामा मृतकी आमा बसुन घिसिङ्ग, श्रीमति बिनु लामा र छोरी विद्युषिको पनि उपस्थिति रहेको थियो । उहाहरुले पनि अपराधिहरुलाई कठघरमा उभ्याउनुपर्ने बताउनुभयो । अमलेखगंजस्थित ससुराली घरमा पसल चलाएर बस्दै आएका लालध्वजको गत असार २१ गाउँ नजिकै दुधौरा खोला पारीको जंगलमा धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामो शव फेला परेको थियो । प्रतक्षदर्शीका अनुसार उनको दुबै हात, खुट्टा र लिङ्गसमेत काटिएको छ । उनको पेट र गर्धनमा समेत हारिलो हतियार प्रयोग गरिएको दाजु आसमानले जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले निजगढ नगरपालिकाका ८ र ९ बाट ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनुभएको छ । उहाले केही समयमा नै सत्य तथ्य बाहिर आउने पनि बताउनुभयो ।
यता, हत्यामा संलग्नको पहिचानमा ढिलाई भएको भन्दै निजगगढका स्थानीयले पनि चिन्ता व्यक्त गर्दै आएका छन । भेलाका सहभागीले हस्ताक्षर गरेर तत्काल हत्यारा पत्ता लगाइ दोषिमाथि कडा भन्दा कडा कारवाहीको लागि प्रहरीसंग माग पनि गरेका छन ।