निजगढ, २१ साउन– वृद्ध भत्ता लिन भनेर घरबाट निस्केका निजगढ नगरपालिका– १३ का एक वृद्ध मंगलबार मृत अवस्थामा भेटिएका छन ।

निजगढ नगरपालिका वडा नम्बर– १३ भक्तलालका ८० वर्षका पद्मबहादुर थिङ्ग (झाक्री बुडा) मंगलबार स्थानीय शक्ति खोलाको बगरमा मृत अवस्थामा फेला परेका हुन । परिवारका सदस्यले दिएको जानकारीअनुसार उनी बिहान १० बजे खाना खाएर भत्ता लिन हेटौडा जान्छु भनेर उनी घरबाट निस्केका थिए ।

उनको शव डम्बरपुरस्थित शक्ति मन्दिर जाने बाटोदेखि १ सय मिटर पश्चिमतर्फ खाेलाकाे बगर निजक गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा स्थानीयले दिउसो ४ बजे फेला पारेका हुन ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ८ बसामाडीमा स्थायी बसोबास रहेका थिङ्गले उतैबाट वृद्ध भत्ता बुझ्दै आएका थिए । उनी भक्तलालस्थित छोराको घरमा विगत ७ वर्षदेखि बस्दै आएका हुन ।

घटनापछि अस्थायी प्रहरी पोस्ट रतनपुरबाट पुगेको प्रहरी टोलीले पोस्टमार्टमका लागि शव रौतहटको चपुर अस्पताल पठाएको छ ।

वृद्धको मृत्य कसरी भयो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रहरी निरीक्षक बिकास थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय