जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र पचरौता नगरपालिकामा गरी एकै दिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९ जना संक्रमित मध्य १७ जीतपुरसिमरा, ४ गण्डक र ८ जना पचरौतामा पुष्टि भएका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए कोरोना पुष्टि हुनेमा कर्मचारी, पत्रकार र स्थानीय छन् ।

पालिकाले संचालन गरेका क्वारेन्टाइनमा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब दिएकामध्ये २९ जनामा कोरोना देखिएको हो ।

जीतपुर स्वास्थ्य चौकीका कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाले केही दिनअघि आफ्ना कर्मचारी र स्थानीयको स्वाब संकलन गरेर परीक्षणका लागि वीरगन्ज पठाएको थियो ।

परीक्षणका लागि पठाएकामध्ये स्वास्थ्य सहित अन्य शाखाका कर्मचारी, एक पत्रकार र स्थानीय १७ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि मंगलबार उपमहानगरपालिकाको एक स्वास्थ्य कर्मचारी, दुई सशस्त्र प्रहरी सहित चार जनामा कोरोना देखिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले परीक्षणको दायरा बढाउदै लगेको छ ।

यस्तै पचरौता नगरपालिकामा संक्रमण पुष्टी हुनेमा ६ जना एकै परवारका सदस्य हुन् । भने अन्य दुई जना छिमेकी भएको बताईएको छ । यस अघि कोरोना पुष्टी भएका एक शिक्षकका सहयोगि र अर्का स्थानिय भएको पण्डितले जानकारी दिए ।

यससँगै कारामा कोरोना संक्रमितको संख्या २२१ पुगेको छ । उनीहरु मध्य १७० जना संक्रमुक्त भई घर फर्किए भने ३ जनाको ज्यान गएको पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय