रुपन्देहीको देवदहमा एक युवाले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान शरीरमा मट्टितेल छर्किएर आगो लगाएका थिए ।

उनी देवदहको शीत्तलनगरस्थित मगर संघको भवनमा रहेको क्वारेन्टाइनमा सुरक्षागार्डमा काम गरिरहेका थिए । मंगलबार बिहान तीन बजेतिर उनले शरीरमा आगो लगाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।

उनको बिहान देवदहकै मेडिकल कलेजमा उपचार भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि बुटवलकै प्रादेशिक अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

उनी कोरोना महामारीपछि क्वारेन्टाइनमै काम गरिरहेका थिए । उनले के कारणले आत्मदाह गरे भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय