कोरोना भाईरसबाट बच्नका लागि गरिएको लकडाउनका कारण दैनिकि काम तथा मजदुर गरेर घरको चुलो बाल्नेलाई निकै समस्यामा छन । सुकुम्बासी परिवार समेत यसबाट बन्चित छैनन् ।

यस्तै, बाराको निजगढ नगरपालिकाको वडा नम्बर ०६ घर भएका ६५ बर्षय कान्छी माया सेक्तानको एकमात्र छोरी हुन माया लामाको रकमको अभाबका कारण उपचार गर्नबाट बन्चित भएकी छिन ।

करिब ०६ दिन आगाडी निजगढ नगरपालिकाको वडा नम्बर ०९ को स्वास्थ चौकीमा गरेको चेकजाँचमा जन्डिस देखिएकी ३८ बर्षय माया लामालाई पथरीसमेत रहेको छ भने अहिले उनको किड्नीमा पनि समस्या रहेको बताइएको छ ।

२१ बर्ष अगाडी सर्लाही भनिएको ४० बर्षय पासाङ लामासंग भगेर बिबाह गरेका थिए । बिबाह पछि श्रीमान ससुरालीमा नै बस्दै आएको कान्छी माया बताउछिन् । दैनिक काम गरेर जोहो गर्दै आएका कान्छी मायाको एक मात्रै सहाराको रुपमा रहेकी छोरी अहिले बिरामी भएकी छिन । कान्छी माया सेक्तानका ७० बर्षय श्रीमान गन्जमान सिगंपनि अहिले काम गर्न सक्दैनन् ।

घर नजिकैको सौचालयमा जाने क्रममा उनी लडेर अचेत अबस्थामा उनिलाइ उनका आमाले देखिन । त्त्तकाल उनिलाइ घर नजिकैका छिमेकी कल्पनालामा संग नगद रुपैया ३,००० तीन हजार सापट लिएर नजिकैको अस्पतालमा लगियो ।

स्थानीय अस्पतालले उनिलाइ यहाँ उपचार गर्न नसकिने बताउदै चितवन भरतपुर स्थित सि एम सिमा रिफर गरिदियो ।

साथमा रहेको तिन हजार रुपैयामा एम्बुलेन्समा लान समेत रकम पुगेन । अक्सिजन लगाएर लानु पर्ने डाक्टरले भनेपछि उनीहरु आपतमा परे । भाग्यबस अर्को एक बिरामीलाई समेत भरतपुर रिफर गरिएको थियो । एम्बुलेन्स चालक र अर्का बिरामीलाई पटक पटक अनुरोध गरेपछि सोही एम्बुलेन्समा भरतपुरलागियो अक्सिजन लगाएर ।

अहिले बिरामी भरतपुर पुगेता पनि उपचारका निम्ति रकमको जोहो नहुदा उपचारनै गराउनबाट बन्चित भएका छन ।

उक्त सुकुम्बासी परिवार अहिले आथिक समस्यामा रहेका छन । बिहान बेलुकी मजदुर गरेर खानाको जोहो गर्दै आएको यस परिवार अहिले सहयोगको प्रतीक्षामा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय