युथ अफ निजगढद्वारा आज मिर्गौला पीडितलाई उपचारका निम्ति रु पचास हजार सहयोग गरिएको छ ।

युथ अफ निजगढको सहकार्यमा निजगढ ९ निवासी मृगौला पीडित रजत खड्का र निजगढ १२ निवासी मृगौला पीडित सुमिना मोक्तानको उपचारका निम्ति रु पच्चीस हजार प्रति व्यक्ति सहयोग प्रदान गरिएको हो ।

वडा नम्बर ९ का वडा अधक्ष्य सुदर्शन बडाल र वडा नम्बर १२ का वडा अधक्ष्य ज्ञान बहादुर गोलेको रोहवरमा युथ अफ निजगढले पीडितकै घरमा पुगेर उक्त रकम प्रधान गरिएको क्लबका अध्यक्ष गंगा माया श्रेष्ठले निजगढ न्युजलाई बताइन् ।

अष्ट्रेलियामा अध्ययनरत प्रकृति श्रेष्ठको विशेष सहयोग रहेको क्लबका वरिष्ठ सल्लाहकार भाइकाजी श्रेष्ठले बताए ।

उक्त सहयोग कार्यक्रममा क्लबका महासचिव इराज कोइराला, कोषाध्यक्ष अशोक श्रेष्ठ, सदस्य गोबिन्द बजगाइ, गोकुल न्यौपाने, किरन घिसिङ, पुर्ब अध्यक्ष खड्क राज मैनाली, पुर्ब महासचिव बिष्णु गोपाल रिसाल लगाएत अन्य सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय