छिमेकी जिल्ला पर्सामा समुदाय स्तरमा र बारामा
दिन प्रतिदिन काेराेना संक्रमणकाे जाेखिम बढे पछि बारा जिल्लालाई आइतबार बिहान ५ बजे देखि निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलेर उच्च जोखिम सृजना हुँने देखिएकोले आइतबारदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख रुद्र प्रसाद पण्डितले निजगढ न्युजलाई जानकारी दिए ।

छिमेकी जिल्ला पर्सामा समेत निशेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरीकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय