निजगढमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ ।

निजगढ नगरपालिका वडा न २ सिंगाेल घर भएका ७५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनी मिर्गौला पीडित रहेको र नियमित उपचारका निम्ति बिरगंजको नारायणी अस्पताल जाने आउने गरेको परिवार श्रोतले जानकारी दिएको छ ।

केही दिन अगि उनी नारायणी अस्पतालमा उपचारका निम्ति जादा अस्पतालले उनको पिसिआर परिक्षणका निम्ति स्याब संकलन गरेको थियोे जसको रिपोर्ट आज आएको हो । पिसिआर परिक्षणमा उनिको रिपोर्ट पोजेटिभ आएको हो ।

अहिले उनी सिंगाेल स्थित घरमै रहेको परिवारिक श्रोतले जनाएको छ ।

यो संगै निजगढमा कोरोना संक्रमणको संख्या ५ पुगेको छ भने एक बालकको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय