पर्साकाे चाेर्नी स्थित जगदम्बा ईन्टरप्राईजेज प्रालि.का प्रमुख कार्यकारी अधिकृतको कोरोना संक्रमणका कारर्ण बिहिवार राति निधन भएको छ ।
बिरगंज महानगरपालिका वडा नं.३२ चाेर्नीमा रहेकाे जगदम्बा ईन्टरप्राईजेजका (सि.ई.ओ) ५६ वर्षीय अधिकृतको राति साँढे ११ बजेकाे समयमा गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो ।
भारत घर भएका उनी मुटुरोगबाट पीडित रहेको अस्पतालले जनाएको छ । साउन ७ गते अस्पताल भर्ना गरिएका उनलाई बिहिवार दिउँसो देखि रोगले बढी च्यापेको थियो ।
शरिरमा अक्सिजनको मात्रा कम हुँदै गए पछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उनकाे मृत्युु भएकाे गण्डक कोभिड अस्पतालका डा.निरज कुमार सिंहले बताए ।
उनको शव अस्पतालमैं राखिएको छ।
त्यस्तै कोरोना संक्रमणबाट बिरगंजमा बिहिवार ३५ र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै बिरगंजमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या १३ पुगेको छ ।
बिरगंज वडा नं.१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ज्वरो तथा स्वाँसप्रस्वासका रोगी उनलाई मंगलवार अस्पताल भर्ना गरिएको थियो । उनको उपचार कै क्रममा बिहिवार साँझ मृत्यु भएको डा. निरज कुमार सिंहले बताए ।
उनको पी.सी.आर परिक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख डा.मदन उपाध्यायले बताए।
यस्तै बिरगंजमा घर मैं मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
बिरगंज वडा नं. २ छपकैंयाका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालले उनको बिहिवार स्वाब संकलन गरेको थियो । उनको पी.सी.आर परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै बिहिवार पर्सा, बारा र रौतहटमा ८ महिला सहिँत १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा कार्यरत दुई जना नर्स र एक जना सरसफाईकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
साउन महिना यता पर्सामा मात्रै ८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट छिमेकी जिल्ला बाराका दुई तथा रौतहटका एक जनाको पनि बिरगंजमैं मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय