वीरगंजकाे काेराेना अस्पतालमा उपचाररत ३५ वर्षिय किशाेरकाे मृत्युु भएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षिय किशाेरकाे उपचारको क्रममा मृत्यु भएको डा. निरज सिंहले जानकारी गराएको छ ।

मंगलबार अस्थाई काेभिड अस्पताल गण्डकमा भर्ना भएका उनको उपचारको क्रममा अहिले केहिबेर अगाडि दु:खद मृत्युु भएको डा. सिंहले जानकारी गराए । साउन ५ गते ज्वराे आउँदा एक निजी किल्निकमा उपचार गराएका उनलाई पछि तराई हस्पिटलमा भर्ना गरिएको थियाे । त्यहाँबाट अवस्था विग्रिदै गर्दा बुधबार काेभिड अस्पतालमा ल्याईएकाे थियाे ।

उनमा निमुनियाकाे लक्ष्ण त्यस्तै ज्वराे आउने लगायत स्वासप्रस्वासमा समस्या हुने जस्ता लक्ष्णहरू देखिएकाेमा अकास्मिक कक्षमा उपचारको क्रममा मृत्युु भएको हाे । मृत्ककाे पिसिआर टेष्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय