राजधानी उपत्यकामा कोरोना सक्रमित बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ। उक्त निर्णय बिहीबार साँझदेखि लागु गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
गृहले अत्यावश्यक काम भएका बाहेकलाई पास जारी नगर्न पनि देशभरका जिल्लाहरुलाई निर्देशन दिएको छ।