श्याम गुप्ता, बारा बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकामा तीन जनामा काेभिड-१९ (काेराेना) भाईरस संक्रमण पुष्टि भएकाे छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित क्वारेन्टाईनमा रहेका १७ जना , हाेम् क्वार्रेन्टाईनमा रहेका ७ जना र कन्ट्याक ट्रेसिङ्गका ४३ जना गरि ६७ जनाकाे शनिवार स्वाव संकलन गरिएकाे थियाे ।
६७ जनाकाे स्वाब संङ्कलन गरि पि.सि.अार परिक्षणकाे लागि हेटाैंडा पठाईएकाेमा तीन जनालाई काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
संक्रमित हुँनेहरूमा उपमहानगरपालिकाकाे वडा नं.१२ घर भएका वर्ष २६ का युवक रहेका छन् । बैदेशिक राेजगारी गरि उनी साउदिबाट फर्किएका थिए ।
त्यस्तै जीतपुरसिमरा कै वर्ष २६ का एक जना युवक र संक्रमितकाे सम्पर्कमा अाएका जीतपुर स्वास्थ्य चाैकीका २२ वर्षका एक जना कर्मचारी रहेका छन् ।
संक्रमितहरू तीनै जनालाई काेराेना अस्पताल गण्डकमा लैजाने तैयारी भईरहेकाे छ ।
ADVERTISEMENT