
श्याम गुप्ता, बिरगंज पर्सा प्रहरीले ४५ किलो अबैध लागु औषध गाँजा बरामद गरेको छ ।
पर्सा बहुदरमाई नगरपालिका वडा नं.९ बस्ने धनिलाल साह कलवारले आफ्नों घरमा बिक्रि वितरण गर्ने उद्देश्यले साे परिमाणकाे गाँजा लुकाई छिपाई राखेको अवस्थामा खानतलासी गर्दा घर भित्र ती वटा ड्रममा गहुंले छोपेर लुकाई छिपाई राखेको अवस्थामा ४५ किलो गाँजा प्रहरीले बरामद गरेको हाे ।
धनिलाल अहिले फरार छन् , भने उनकाे निजको खोज तलास तथा अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।