श्याम गुप्ता, बिरगंज, बिरगंजमा काेराेना संक्रमणबाट आईतवार बिहान एक जना व्यापारीको मृत्यु भएको छ ।
बिरगंजको आर्दशनगरका ६५ वर्षीय बृद्ध व्यापारीमा शनिवार साँझ बिरगंज हेल्थ केयर हस्पिटलको कोभिड युनिटमा आर.डी.टी परिक्षण गर्दा पोजेटिभ देखिए पछि उनलाई कोभिड गण्डक अस्पतालमा शनिवार साँझ साँढे ७ बजे भर्ना गरिएको हाे ।
काेराेना संक्रमणका कारण पर्सा जिल्लामा हाल सम्म ७ जनाकाे मृत्यु भएकाे पुष्टि भईसकेकाे छ ।
उनीहरू मध्ये ४ जना पछिल्लाे केहि दिन यता कोभिड अस्पताल गण्डकमा भर्ना भएर उपचारकाे क्रममा ज्यान गुमाएका छन् ।
भने गण्डक काेभिड अस्पताल र सिद्धार्थ माविको आइसोरेसनमा गरी कुल ८३ जना संक्रमित उपचारर्त रहेको डा.उदय नारायण सिंहले जानकारी दिए ।
अहिले भर्ना भएका अधिकांशमा लक्षण देखा परेको बताउँदै उनले चार जना अाई.सी.युमा रहेको जानकारी दिएका छन् ।
बिरगंज महानगरपालिका र पर्साका गाउँपालिकामा गरिएको पी.सी.आर परिक्षणमा पोजेटिभ देखिएका २८ जनालाई दुई दिन देखि घर मैं आइसोलेट गरिएको र वैकल्पिक व्यवस्था बारेमा छलफल भईरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
आईतवार देखि बिरगंज महानगरपालिकाकाे माईस्थान , राधेमाई , नारायणी अस्पताल लगायतका विभिन्न स्थानहरूबाट मास टेस्टिङ्गकाे लागि स्वाव संकलन गर्ने काम सुरु गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
बिरगंजमा शनिवार देखी अनिश्चित कालको लागी निषेधाज्ञा स्थानीय प्रशासनले लगाएको छ ।