लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसको आयोजना तथा लायन्स क्लव अफ निजगढ सिटिको सहकार्यमा आज निजगढ नगरपाकिालका विभिन्न स्थानमा वृक्षारोपण तथा वृक्षा हस्तान्तरण गरेको छ ।
क्लवले सप्ताहाव्यापी वृक्षारोपन तथा वृक्षा हस्तान्तरण कार्यक्रम अन्तरगत नगरपालिका कार्यालय भवन परिशरमा फुलका विरुवा रोपेर अभियान थालनी गरेको हो । क्वलका सदस्य र स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुले नगरपाकिा परिसरमा गोलमोहोर, कल्की लगायत फुलका विरुवा रोपेका थिए ।
क्वलवले आज नै पुर्वमा भमरादेखि पश्चिम बकैया पुलसम्म पुर्वपश्चिम राजमार्गको दाया बाया घर भएका स्थानीयलाई फलफुल, तरकारी, जडिबुटीलगायतका उपयोगी विरुवासमेत प्रदान गरेको छ ।
लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जैसवाल तथा लायन्स क्लव अफ निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठका अनुसार राजमार्गका दाँया बाँया घर भएका स्थानीयलाई बिरुवा उपलब्ध गराएर उनीहरुमार्फत नै विरुवा रोप्न लगाइएको हो ।
क्लवले सुन कागति, अमला, सजिवन, जमुना, निम, हर्रो, बर्रो, अम्रिसो लगायतका विरुवा प्रदान गरेको हो ।