श्याम गुप्ता, बारा मलाई र मेरी पत्नी सहिँत घरका सबै सदस्यलाई मरनासय हुँने गरि कुटाई पिट गरियाे । उपचार पछि मँ निको भएँ तर, पत्नीको स्वास्थ्यमा अझै पनि सुधार छैन ।

उनी १० दिन देखि अझै पनि उपचारका क्रममा बिरगंजकाे नेशनल मेडिकल कलेजमा भर्ना छिन् ।
नयन भरी आँसु लिएर बाराको सिम्रौनगढ नगरपालिकाका जाकिर अंसारीले दुखेसो पाेख्दै भने – न्यायको लागि भौतारिँदै छु “सुन्ने काेहि भएन” अंसारीले थपे यो घटना साउन १ गते साँझकोे हो । सिम्रौनगढ नगरपालिका वडा नं.५ मा रहेकाे कोल्ड स्टोर देखि सलिम मियाँको घर सम्मको सडक ढलान योजनाको काम हुँदा स्थानीयले स्टिमेट अनुसारको काम गराउँन असार ३१ गते काम भई रहेको ठाउँमा निगरानी गरेको थियो ।

त्यहाँ कमसल समान नलगाउँन दिदा आधी काम गरी उपभोक्ता समितिले काम स्थागित गरेकाे थियो । बिहान सोही वडाका स्थानीय रमतुल्लाह अंसारी लगायत केही व्यक्ति जिल्ला प्रशासन कार्यालयका सडक ढलानको गुणस्तर चेकजाँच गरि पाउँ भनी निवेदन दर्ता गराएकोमा त्यही दिन जिल्ल प्रशासन कार्यलयबाट नगरपालिको नाममा सत्य तथ्य बुझन स्टिमेट अनुसारको काम भए नएको तथा भुक्तानी भए नभएको जानकरी पठाउँन परिपत्र प्रशासन कार्यालयले पठाएको थियो ।

सोही विषयलाई निहु बनाई उपभोक्ता समितिका अध्यक्ष समेत रहेका अनवर अंसारी लगायतका समुहमा रहेकोहरुले लाठी , भाठा र घरेलु हथियार खुकुरी हाँथमा लिएर जाकिर अंसारीको घर नजिक पुगेर गाली गलाैचका साथै अभद्र व्यवहार गर्न थाले पछि अनवर अंसारी र जाकिर अंसारीको परिवार बिच झड्प भएको थियो ।

वाकिर मियाँको एकल परिवार र अनवर अंसारीसँग उपभोक्ता समिति लगायत समितिको सहयोगीहरु समेतले जाकिर मियाँको परिवारलाई कुटपिट गरेको थियाे । कुटपिटबाट जाकिरकी पत्नी कलामुन नेशाको टाउकोमा गम्भीर चाेट लागेर अचेत अवस्था भईन् -जाकिरले भने । घटनाको खबर पाए लगतै ईलाका प्रहरी कार्यालय सिम्राैनगढबाट प्रहरीकको टोली घटना स्थलमा पुग्दा सबै जना फरार भएकाे उनले जानकारी दिए ।

उक्त संघातिक हमलामा परि घाईतेहरुले मुद्दा दर्ता गराउँन खोज्दा सिम्रौनगढका ईलाका प्रहरीले कार्यालयले आलटाल गर्दै जाँदा जिल्ला प्रहरी कार्यालले समेत १० दिन देखि आलटाल गर्दै आउँदा पिडित माथि अझै पिडा थपिएको छ ।

आँफुहरुलाई न्याय दिलाउँन मानव अधिकार कर्मी र सञ्चारकर्मी गुहारर्दै र भौतारिँदै छु – जाकिरले गुनाँसाे गरे ।

यता प्रहरी उपरिक्षक कृष्ण पङ्गेनीले पिडितले दिएको निवेदन अनुसारको मुद्दा दर्ता नगरि अभद्र व्यवहार भएको मुद्दा दर्ता हुँने बताएका छन् । प्रहरी कार्यलयको श्रोत अनुसार नेताहरुको दबाव पहलमा बिपक्षीहरु कै तर्फबाट अभद्र व्यवहार मुद्दा दर्ता भईसकेको र सोको दर्ता नम्बर १० रहेको छ ।

त्यही भएर अर्को पक्षको पनि साही अनुसारको मुद्दा दर्ता गरी गोलमाल गर्ने त्यारीमा उपरिक्षक पङ्गेनी रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय