श्याम गुप्ता, बिरगंज काेराेना संक्रमणबाट पर्सामा थप एक जनाकाे मृत्यू भएकाे पुष्टि भएकाे छ ।

जिल्ला स्थित परवानीपुर निवासी १७ वर्षिय युवतीमा उच्च ज्वराेका कारण परिवारजनले बिरगंजकाे (ए.एम.सी) एड्भान्स् हस्पिटलमा भर्ना गरेका हुँन् ।

एड्भान्स् हस्पिटलमा युवतीमा उच्च ज्वराे , घाँटी दुख्ने , सुख्खा खाेकी जस्ता विभिन्न लक्ष्णहरू देखा परे पछि स्वाब परिक्षण गरिए पछि उनकाे रिपोर्ट काेभिड-१९ पाेजेटिभ देखिएकाे हाे ।

रिपोर्ट पछि बिरगंजकाे गण्डक स्थित विशेष काेराेना अस्पतालमा रेफर गरिएकी ती युवतीकाे उपचारका क्रममा शुक्रवार दिउँसाे मृत्यू भएकाे हाे ।

मृतककाे शव अहिले सम्म कसैकाे जिम्मामा दिईएकाे छैन , भने काेराेना संक्रमणबाट मृत्यू हुँनेहरूकाे अन्त्येष्टि नेपाली सेनाले गर्दै अाएकाे छ ।

यस्तै अाजै शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी बिरगंज महानगरपालिका वडा नं.११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

मुटु रोगबाट ग्रसित ती बृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएकाे चिकित्सक डा.निरज सिंहले जानकारी दिए ।

त्यस्तै मंगलवार कोरोना अस्पताल मैं उपचार गराई रहेका बिरगंज महानगरपालिका वडा नं.६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको विहिवार नेपाली सेनाले अन्त्येष्ठि गरेको थियो ।

यसैक्रममा बिरगंजमा साउन १० गते अर्थात् भाेली शनिवार बिहान ५ बजे देखी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसाे बसेको बृहत् सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले रजानीतिक दल व्यवसायी सहिँतको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

पर्सा जिल्लामा यस अघि विहिवार राती ३० जनामा कोरोना संक्रमण देखा परेसँगै संक्रमितको संख्या ७७ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय