युथ अफ निजगढले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ग्लोबल आइएमइ बैैङ्क निजगढ शाखाको सहयोगमा भएको उक्त कार्यक्रममा ८ महिलासहित ५१ ले रक्तदान गरेका हुन ।

कोरोना भाइरस र जारी लकडाउनका कारण बिरामीहरुको उपचारको लागि देशभरका ब्लडबैङ्कमा रगत अभाव भएपछि रक्तदान गरिएको युथ अफ निजगढकी अध्यक्ष गंगामाया श्रेष्ठले बताए ।

उनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर आफुहरुको रक्तदान कार्यक्रम आयोजना गरेको बताइन् ।

रक्तदान कार्यक्रममा विरगंजस्थित ब्लड बैङ्गका प्राविधिक, कर्मचारीहरुले सहयोग उपलब्ध गराएका थिए ।

निजगढ नगरपालिका वडा नम्बर ९ स्थित होलि एन्जल्स बोडिङ्ग स्कुलमा बिहान ७ बजेदेखि १ बजेसम्म रक्तदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय