श्याम गुप्ता, बिरगंज बिरगंजमा साउन १० गते अर्थात् भाेली शनिवार बिहान ५ बजे देखी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसाे बसेको बृहत् सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले रजानीतिक दल व्यवसायी सहिँतको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।
यता शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी बिरगंज महानगरपालिका वडा नं.११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।
मुटु रोगबाट ग्रसित ती बृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएकाे चिकित्सक डा.निरज सिंहले जानकारी दिए ।
त्यस्तै मंगलवार कोरोना अस्पताल मैं उपचार गराई रहेका बिरगंज महानगरपालिका वडा नं.६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।
कोरोना संक्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको विहिवार नेपाली सेनाले अन्त्येष्ठि गरेको थियो ।
पर्सा जिल्लामा यस अघि विहिवार राती ३० जनामा कोरोना संक्रमण देखा परेसँगै संक्रमितको संख्या ७७ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय