श्याम गुप्ता, बिरगंज
चित्रगुप्त सेवा समितिले बिरगंज महानगरपालिका वडा नं.१ को शिशोवारी टोलमा चित्रांश धर्मशालाको निर्माण कार्य सुरु गरेको छ ।
दुइ वर्ष अघि चित्रांश कायस्थ परिवारहरुले डेढ कठ्ठा जग्गा खरिद गरेको थियो । भने सोही जग्गामा चार तल्ले धर्मशालाको निर्माण कार्य सुरु भएको समितिका अध्यक्ष प्रभु नारायण कर्णले बताए ।
भुईं तल्लामा चार वटा कोठा र एउटा ठुलो हाँलको साथै पार्किङ्ग हुँने र जग देखी लिन्टर सम्म निर्माण भई पहिलो चरणको कार्य सम्पन्न भएको अध्यक्ष कर्णले जानकारी दिए ।
गरिब र निम्न मध्यमहरुको घना बस्ती रहेको शिशोवारी टोलमा धर्मशालाको अति खाँचो महशुस गरी निर्माण कार्य सुरु गरिएको र कोठा बनाउँन दाताहरुको खोजी गरिरहेको बताउँदै उनले कोठा बनाउँन चन्दा दिने दाताको नाम सोही कोठामा समेत लेख्ने कर्ण बताउँ छन् ।
जग्गा खरिदमा चित्रांश कायस्त परिवारका साथै नेपाली काँग्रेस नेता एवंम् प्रदेश सभा सदस्य ओम् प्रकाश शर्माले पाँच लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका छन् ।
भने निर्माणमा यो वर्ष संसदीय कोषबाट रू.दश लाख सहयोग दिएकाे कोषाध्यक्ष दिलिप कुमार कर्णले जानकारी दिए ।
कोषाध्यक्ष कर्णले बिरगंज महानगरपालिकाले यो वर्ष पाँच लाख एवंम् कायस्त परिवारबाट चन्दा स्वरुप पाँच लाख गरी जम्मा २० लाख अहिले सम्म खर्च भएको बताए ।
चित्रगुप्त समिति बिरगंजका अध्यक्ष महेश दासले शिशोवारीमा चित्रांश धर्मशालाको निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्दै कायस्थ परिवारका साथै सबै समुदायलाई सहयोग गर्न अपिल गरेका छन् ।
बिरगंज वडा नं.६ स्थित गीता मन्दिर रोडमा चित्रगुप्त मन्दिर र चित्रगुप्त अतिथि सदन छ । यसै गरी वडा नं.३ को छपकैंयामा र चित्रगुप्त नगरमा पनि चित्रगुप्त अतिथि सदन रहेको समितिका अध्यक्ष दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय