निजगढमा आज थप एक जनामा कोरोना पुष्टि भएको छ । निजगढ नगरपालिका वडा न ९ मा घरमा होम क्वारेनटाईनमा रहेका २४ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।
भारतको पन्जाबबाट गत असार २७ गते निजगढ आएर होम क्वारेनटाईनमा रहेका थिए । उनको साउन १ गते गरिएको पीसीआर परीक्षणको नतिजा आज अएकोमा संक्रमण पुष्टि भएको हो ।
अहिले उनलाई उपचारका लागि कलैया अस्पतालमा लगिएको छ भने उनी बसेको घर सिल गरिएको छ । उनका घरमा भएका ३ जनालाई होम क्वारेनटाईनमा राखिएको छ । अहिले उनको परिवार संग सम्पर्गमा आएका हरुको खोजि भईरहेको जनाईएको छ ।
यो संगै निजगढमा कोरोना संक्रमणको संख्या ३ पुगेको छ भने एक बालकको मृत्यु भएको छ ।