लायन्स क्लव निजगढ र लायन्स क्लव निजगढ पिसको संयुक्त आयोजनामा निजगढ सामुदायिक अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
क्लवले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित स्थित समुदायमा आधारित प्रसुती गृहलाई ५ थान पिपिई र स्वास्थ्य चेकजाचमा प्रयोग हुने ५ थान चस्मा प्रदान गरिएको थियो ।
क्लवले स्टेचर पनि चाडै नैं प्रदानगर्ने प्रतिविद्धता जनाएको छ ।
लायन्स क्लव निजगढका अध्यक्ष रामचन्द्र जयसवाल र लायन्स क्लव निजगढ पिसका अध्यक्ष पवन श्रेष्ठले संयुक्त रुपमा समुदायिक अस्पताल प्रसुती गृहका चिकित्सक सतिश निरौलालाई हस्तान्तरण गरेका थियो ।
सो कार्यक्रममा सामुदायिक अस्पताल प्रसुती गृह ब्यवस्थपान समितिका अध्यक्ष एकबहादुर श्रेष्ठ, क्लवकापूर्व अध्यक्ष तथा अन्य पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
कोरोना भाईरसको संक्रमणबाट स्वास्थ्यकर्मी सुरक्षित रहनु भन्ने उद्देश्यकका साथ स्वास्थ्य सामाग्री प्रदान गरिएको अध्यक्ष जयसवाल र श्रेष्ठले जानकारी दिनुभयो ।
ADVERTISEMENT