बाराको निजगढमा मालपोत तथा नापी शाखा कार्यलय स्थपना हुने भएको छ ।
निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनालले निजगढ नगरपालिकामा मालपोत तथा नापी शाखा कार्यालय स्थापनाका गर्ने निर्णय भएको जानकारी दिईन् ।
‘माननीय मन्त्री पद्मा अर्याल र मन्त्रालय सचिवसंग भएको कुराकानी भएको छ,’ उपमेयर लामिछानेले भनिन्–निजगढ र सिम्रौनगढ नगरपालिकामा कार्यालयको शाखा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी पाएको आएको छ ।’
कार्यालय स्थापनाका लागि लामो समयदेखि नगरपालिका र यहाँका राजनीतिकर्मीहरुले पहल गर्दै आएका थिए ।
सिम्रौनगढमा कार्यालय स्थापना भएर पनि सञ्चालनमा आउन सकेको छैन् । सिमरामा गतवर्षबाट सञ्चालनमा आएको छ ।