मदन भण्डारी फाउण्डेशन नेपाल बाराले जिल्ला अस्पतालका बिरामी र अमृत अनाथालय कलैयाका बालबालिकालाई आज फलफुल वितरण गरेको छ ।

फाउण्डेशन केन्द्रीय सदस्य राजमहमद रायको अध्यक्षतामा भएको सो कार्यक्रममामा अस्पतालका १५ बिरामी र अनाथालयका ३० जना बालबालिकाहरुलाई फलफुल वितरण गरिएको अध्यक्ष रायले जानकारी दिनुभयो ।

प्रदेश नम्बर २ का सभासद महम्मद समिरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपाका नेता कार्यकता र स्थानीय जनप्रतिनिधिहरुकोसमेत उपस्थिति रहेको थियो ।

नेकपा एमालेका तत्कालिन महासचिव एंव जननेता मदन भण्डारीकोको ६९ औं जन्म जयन्तिको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय