नेपालमा भएको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व जननेता मदनकुमार भण्डारीको ६९औं जन्मजयन्ती बारामा पनि मनाउने तयारी गरिएको मदन भण्डारी फाउन्डेसन बाराले जनाएको छ ।

मदन भण्डारी फाउन्डेसन बाराको अायोजनामा यहीँ असार १३ गते शनिबारको दिन कलैयामा रहेको अनाथ अाश्रम र कलैया अस्पतालमा बिहान ७ बजे फलफूल बितरण कार्यक्रम राखिएको छ भने १४ गते बारा उधोग बाणिज्य सघ कलैयाको सभाहलमा बिहान ११:३० बाट बिचार गोष्ठी गरिने तयारी गरिएको मदन भण्डारी फाउन्डेसन सुरक्षा समितिको केन्द्रीय सदस्य तथा प्रदेश न. २ को अध्यक्ष राजमहमद रायले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय