बाराको पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया निजगढ सडकखण्डमा पर्ने पिलुवाको बङ्गरीपुलमा भएको सवारी दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ ।
बाराको पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्गमा कार र ट्रकले मोटरसाईकलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएका हो ।
निजगढबाट पथलैया तफ जादै गरेको बा ५२ प ३९९० नम्बरको मोटरसाईकलाई सोहि दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिदा विपरित दिशाबाट आउँदै गरेको ना ४ ख नम्बरको ट्रकको ठक्करबाट १ को घटनास्थमा र १ को सशस्त्र प्रहरी बल नेपाल न. १२ गण पिलुवाको एम्बुलेन्स अस्पताल लैजानेक्रम्मा मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा बारा निजगढ नगरपालिका वडा नम्बर १० लाल निवासी ३४ बर्षका डम्बर लामाको घट्नास्थलमा मृत्यु भएको र गम्भिर घाईतेभएका सोही स्थानका ४० बर्षका रामबहादुर मुक्तानको उपचारका लागि जिल्ला अस्पताल कलैयामा लैजानेक्रम्मा मृत्यु भएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिगविजय सुवेदीले बताए ।
हाल फरार रहेको कालो रङ्गको सुजिकि कार र कार चालकको खोजिकार्य भईरहेको छ भने ट्रक र ट्रक चालक प्रहरी चौकी पथलैयाको नियन्त्रणमा रहेका प्रहरीले बताएको छ ।