मुस्लिम समुदायमा कसैको कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा दाहसंस्कारको लागि मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराले जिल्लाका ४ ओटा कब्रस्थान छनौट गरेको छ ।

अनुगमन समितिले कोरोनाबाट मृत्यु भएको अवस्थामा अन्तिम संस्कारको लागि क्षेत्र नम्बर १ को सिम्रौनगढ नगरपालिका पर्साटोल, क्षेत्र नम्बर २ को महागढिमाई नगरपालिकाको बेतौना, क्षेत्र नम्बर ३ को कलैया उपमहानगरापलिकास्थित बरेवा र क्षेत्र नम्बर ४ को जितपुरसिमरा उपमहानगरपालिकाको हरपुरमा रहेको कब्रस्थान छनौट गरेर जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको समितिका संयोजक राजमहमद रायले जानकारी दिनुभयो ।

आयोगले मुस्लिम अगुवाहरुको जिल्ला स्तरीय भेलामार्फत कोरोनाका कारण मृत्यु भएका मुस्लिमहरुको दाहसंस्कारको लागि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट कब्रस्थान छनौट गरेको र जिल्ला प्रशासन कार्यालयमासमेत जानकारी पठाएको उहाले बताउनुभयो ।

कब्रस्थान छनौटको लागि आवश्यक सल्लाहा लिन आयोगले जेष्ठ २६ गते कलैयामा अगुवाहरुको सर्वपक्षीय भेलासमेत आयोजना गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय