जिल्लामा मुस्लिम समुदायमा कसैको कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा दाहसंस्कारको लागि मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराले जिल्लाका ४ ओटै निर्वाचन क्षेत्रमा १÷१ स्थानमा कब्रस्थान बनाउने निर्णय गरेको छ ।
अनुगमन समितिले जिल्लाको क्षेत्र नम्बर १ को सिम्रौनगढ नगरपालिकाको पर्साटोल, क्षेत्र नम्बर २ को महागढिमाई नगरपालिकाको बेतौना, क्षेत्र नम्बर ३ को कलैया उपमहानगरापलिकास्थित बरेवा र क्षेत्र नम्बर ४ को जितपुरसिमरा उपमहानगरपालिकाको हरपुरमा कब्रस्थान निमार्ण गर्ने निर्णय गरेर जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको समितिका संयोजक राजमहमद रायले जानकारी दिनुभयो ।
आयोगले मुस्लिम अगुवाहरुको जिल्ला स्तरीय भेलामार्फत जिल्लाका ४ वटै निर्वाचन क्षेत्रका एक–एक स्थानमा कब्रस्थान छनौट गरेको र निर्माणको लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको उहाले बताउनुभयो ।
कब्रस्थान छनौटको लागि आवश्यक सल्लाहा लिन आयोगले जेष्ठ २६ गते कलैयामा अगुवाहरुको भेला आयोजना गरेको थियो ।