श्रीमानले मालिस गर्दा करङ्ग भाचिएर घाइते बनेकी निजगढ नगरपालिका वडा नम्बर ६ धियालटोलीकी एक महिला आर्थिक अभावमा उपचार गर्न नसकेर समस्यामा परेकी छिन ।
स्थानीय ४५ बर्षिय चोइसाङ्ग लामा श्रीमान टुकबहादुरले मालिस गर्दा छातिको २ वटा करङ्ग भाच्चिएर ५ दिनअघि घाइते बनेकी हुन । बारीमा दिनभरी मकै गोडेर साझ घर फर्किकी चोइसाङ्गको जिउ दुख्न थालेपछि उनकै अनुरोधमा श्रीमान टुकबहादुरले शरीर मालिस गरेका थिए ।
श्रीमतिको अनुरोधमा श्रीमानले ढाडमा थिचेर मालिस गर्दा करङ्ग भाच्चिएको हो । चोइसिङ्गलाई घरेलु उपचार गरेर हाल घरमै राखिएको छ ।
आर्थिक अभावमा करङ्ग भाचिएर घाइते श्रीमतिको उपचार गर्न नसकिएको र खयर पकाएर लगाउने गरिएको टुकबहादुरले जानकारी दिनुभयो । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि स्थानीय युवाहरुले चन्दा संकलन गर्ने अभियान शुरु गरेका छन ।
गाउघर र छिमेकीसंग चन्दा संकलन गरेर चोइसाङ्गको उपचारको लागि आर्थिक संकलन थालिएको स्थानीय युवा सुजन लोप्चनले बताए ।
उहाले पिडितलाई सकेको सहयोग गर्न सबैसंग अनुरोध गर्नुभएको छ । सुकुम्बासी परिवारका उनीहरु दैनिक ज्यालादारी गरेर र अर्काको जमिनमा सानो छाप्रो हालेर बस्दै आएका छन ।
घाइते चोइसाङ्गको श्रमिान सहित ५ बर्षिय एक छोरा छन ।