
पर्सा जिल्लामा आईतवार बिहान मात्रै १७ जनामा कोभिड-१९ संक्रमित पुष्टी भएकाे छ ।
बिरगंजकाे नारायणी अस्पतालको प्रयोगशालामा भएको पिसिआर परिक्षणको रिपोर्टमा १७ जनामा पाेजिटिभ देखिएकाे हाे ।
संक्रमित हुँनेहरूमा पोखरीया कारेन्टाइनका १० , बिन्दवासनी कारेन्टाइनका २ , जिराभवानी कारेन्टाइनका १ , धोबीनी कारेन्टाइनका १ , पर्सागढी कारेन्टाइनका १ र पटेर्वा सुगौली क्वारेन्टाइनका २ जनामा कोभिड-१९ संक्रमित पुष्टी भएका हुँन् ।
१७ जनामा पुरुष १४ जना र महिला ३ जना रहेका छन् । उनीहरूकाे जेठ २५ र २६ गते स्वाव संकलन गरिएकोमा आईतवार बिहान रिपोर्ट पाेजिटिभ देखिएकाे हाे ।
पर्सा जिल्लामा ३६ कारेन्टाइन केन्द्रमा एक हजार ६ सय ७२ पुरुष र एक सय सात जना महिला गरी एक हजार सात सय ७९ जना रहेका छन् ।
शनिवार सम्म पर्सा जिल्लामा ४९ हजार ९ सय ३५ जनाको स्वाव संकलन गरिएकोमा पाँच सय ४२ जनाको नतिजा आउँन अझै बाँकी रहेको स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ ।