कोरोना संक्रमणका कारण मृत्यु भएका निजगढ–६ का ५ वर्षीय बालकको आमा र बुवाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
वीरगञ्ज स्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार कोरोना संक्रमित बालकको अभिभावकको पिसिआर रिपोर्ट नेगेटिभ आएको बताए ।
“अहिले पहिलो चरणको रिपोर्ट नेगेटिभ छ, बालक बिरामी भएको कारण उनमा छिट्टै कोरोना देखियो तर परिवारको हकमा त्यस्तो नहुन पनि सक्छ । परिवारको पूर्ण ७ देखी ८ दिनमा परीक्षण गर्दा त्यो परीक्षणले के देखाउछ त्यस अनुसार नै भन्न सकिन्छ ।” नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय भन्छन “परिवारलाई केही दिन आइसोलेसन बस्दा राम्रै हुन्छ, अहिलेनै डराउनुपर्ने स्थिती छैन ।”
मृतक बालकको उपचार गराईएको निजगढ सामुदायिक अस्पताल र निजगढका स्थानीय दुईवटा क्लिनिक बन्द गरिएको छ ।
निजगढमा कहाँ काहाँ उपचार गराइएको थियो ?
मृतक बालकको निजगढमा रहेका केही क्लिनिक र एक सामुदायिक अस्पातलमा उपचार गरिएको थियो ।
निजगढ ९ स्थित सामुदायिकमा अधारीत प्रसूति, शहीत चोकमा रहेको उमङ मेडिकल तथा बजारमा रहेको मोहोम्दी मेडिकलमा उपचार गरिएको बुझिएको छ ।
अहिले बालकले उपचार गरेका सबै सामुदायिक अस्पताल र क्लिनिक बन्द गरिएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिए ।
निजगढ नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण पसल तथा व्यवसायहरु (औषधी पसल बाहेक) सरकारी तथा निजी कार्यालहरु, बैंक तथा वित्तीय संस्थाहरु, नगरभित्र चल्ने सम्पूर्ण साना तथा ठूला यातायातहरु (विरामी बोक्ने एम्बुलेन्स बाहेक) पूर्णरुपमा बन्द गरेर सहयोग गरिदिन आग्रह गरिएको छ ।