बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
निजगढबाट ल्याइएका उनलाई शुक्रबार ११ बजे अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।
निमोनियाले ग्रस्त उनको दिमागको नसा सुकेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।
चिकित्सकको सल्लाहअनुसार भेन्टिलेटरमा राख्न पूर्व र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको थियो र आरडीटी रिपोर्ट पोजेटिभ आए पछी स्वाब संकलन गरेर पीसीआर टेस्टका लागि पठाइएको थियोे भने पीसीआर रिपोर्ट समेत पोजेटिभ आएको छ ।
ADVERTISEMENT