आर्थिक वर्ष ०७७÷०७८ को बार्षिक बजेटबारे सुझाव संकलन गर्न निजगढ नगरपालिकाव्दारा सर्वपक्षिय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ नगरपालिकाकाले आर्थिक वर्ष ०७७÷०७८ को बार्षिक बजेट, निति तथा कार्यक्रम बारे सल्लाहा लिने उद्देश्यले आज सर्वपक्षिय छलफल कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै निजगढ गाविसका पुर्व अध्यक्ष एकबहादुर श्रेष्ठले आगामी बर्षको बजेट कृषि क्षेत्रमा केन्द्रीत बनाउनुपर्ने बताए । उनले बजेटमा किसानलाई रसायनिक मलको विकल्पमा कम्पोष्ट मल बनाउनेतर्फ पे्ररित गर्न अनुदानको व्यवस्था गर्नु पर्ने बताए ।
त्यसैगरी पर्यटन व्यवसायी युवराज लामाले कोरोनाका कारण व्यवसायी मार्कामा परेको भन्दै व्यवसायीलाई कर छुटको व्यवस्था गर्नुपर्ने तथा निजगढलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शन कोइरालाले तत्काललै ८० किमी पाइप विस्तार जरुरी रहेको बताउदै निजगढमा मात्रै नभई निजगढ नगरपालिका भित्रका सबै स्थानमा खानेपानी सुविधाको भरपर्दो व्यवस्था गर्न नगरपालिकाले डिपिआर बनाउने कार्यमा सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै मिना लामाले नगरपालिकाले सिचाइ तफ उचित व्यवस्थापन गर्नुपने बताईन ।
कार्यक्रमको अध्यक्षतासमेत गरेका नगरपालिका प्रमुख सुरेश कुमार खनालले सहभागीहरुलाई धन्यवाद दिदै नगरले बिकासका निम्ति कुनै कसर बार्की नराखेको र नगरले सक्दो बिकास गरेको बताए ।
उपप्रमुख लिलादेवी लामिछानेले सबैको सल्लाहा लिएर बजेट निर्माण गर्ने क्रममा छलफल कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, सहकारी संजालका अध्यक्ष भोला प्रसाद गौतम, दुर्गा कोइराला, ज्ञानेन्द्र चौलागाईं, रविराज दङ्गाल, यादवकुमार तिमल्सिना, थानेश्वर सापकोटा, बिष्णु खड्का, सरोज कोइराला, हिरा थापा मगर, रवी बर्तौला, सावित्री भारती, बेनिबहादुर मुक्तन, जिरिमाया लामा, खड्क प्रसाद उप्रेती, पत्रकार जितलाल श्रेष्ठ लगायतले सुझाव दिएका थिए ।