
निजगढ नगरपालिका वडा नम्बर ९ प्रभातवस्ति स्थित प्रभात पुस्तकालय भवनकोे शिल्यान्यास गरिएको छ । वडा अध्यक्ष सुदर्शन बडालले आज बिहान भवनको उदघाटन गर्नुभएको हो ।
वडा कार्यालयको ५ लाख रुपैया बजेट सहयोगमा भवन निर्माण हुन लागेको हो । कार्यक्रममा वडा सदस्य जगत न्यौपाने, पुस्तकालयका अध्यक्ष रामहरी वाग्लेलगायत स्थानीय सर्वसाधारणको समेत उपस्थिति रहेको भवन निर्माण समितिका अध्यक्ष सुमित्रा पौडेलले जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी र वुद्धिजीवीको पहलमा स्थापना भएको सो पुस्तकालय भवन अभावमा लामो समयदेखि बन्द रहदै आएको छ ।