बारामा आज थप ८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिकामा वडा नं २ का १२ र ४०, वडा नं ५ का २७ र ३५, वडा नं ६ का २३, २७ र ३८, वडा नं ७ का १९ बर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु बाराको सिम्रौनगढ नगरपालिका स्थीत कंकालिनी मा. बि. क्वारेन्टाईनमा बसेका थिए ।
अहिले उनिहरुलाई कलैया उपमहानगरपालिका वडा न ३ गङ्गापुरमा अवस्थित शैक्षिक तालिम केन्द्रमा बनाइएको अस्थायी कोरोना अस्पतालमा उपचारका लागि लाईएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
करिब आठ लाख ३० हजार जनसंख्या भएको बारा जिल्लाको १६ वटा स्थानिए तहमा अहिले ६ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन । १६ वटा स्थानिए तह रहेको बारामा ११ वटा स्थानिए तहमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
आज सम्ममा बारामा कोरना संक्रमितको संख्या ९३ रहेको छ जसमध्य एकको मृत्यू भएको छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा १७, बिश्रामपुर गाँउपालिकामा २, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २३ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १७ जना, आदर्श कोटवाल गाउँपालिकामा ८ जना, देवताल गाउँपालिकामा १ जना, कोहल्वी नगरपालिकामा १ जना र सुबर्ण गाउँपालिकामा ७ जनामा भेटिएको छ ।