पुष्पराज खतिवडा : पिसिआर परिक्षणका लागि भिटिएम अभावका कारण कोरोना परिक्षणमा समस्या भैरहेको छ । क्वारेनटाईनमा रहेकाहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन गर्न नै समस्या भएको जिल्ला कोरोना फोकल पसर्न शंकर प्रसाद गुप्ताले बताए ।

जिल्लाका १६ वटै स्थानिय तहरुमा गरी कुल ५ सयजना क्वारेन्टाईनमा छन् । ती संख्याको आधको मात्रै पिसिआर विधिबाट कोरानो परिक्षणका लागि स्वाव लिईएको छ । बाँकी परिक्षणका लागि प्रयास भैरहेपनी भिटिम अभावहुुँदा समस्या भएको गुप्ताको भनाई छ ।

सबै भन्दा बढी कोल्हवी नगरपालिकामा १३५ जना र सबै भन्दा कम करैयामाई गाउँपालिकामा १ जना क्वारेनटाईनमा बस्दै आएका छन् । निश्चीत रुपमा प्राप्त भिटिमको सहयोगमा पालैपालो पिसिआर परिक्षण परिक्षणका लागि स्वाव संकलन गरि पठाइएको गुप्ताले बताए ।

स्वाव संकलन गरी पठाएपनी रिपोर्ट आउन ढिलाई हुने गरेको अवस्था छ ।

रिर्पोटमा पोजेटिभ देखिएकाहरुलाई कलैया उपमहानगरपालिका–३, गंगापुर स्थीत शैक्षिक तालिम केन्द्रको कोरोना विशेष अस्थाई अस्पतालको आईसुलेसनमा भर्ना गरिँदै आएको छ । भने रिर्पोट नेगेटिभ आएकाहरुलाई घरपरिवारको जिम्मामा घर पठाउँने काम भैरहेको उनले बताए ।

जिल्लामा ८४ जनामा कोरोना पोजेटीभ देखिएकोमा हाल ३ जना महिला सहित ३१ जना मात्रै आईसोलेसनमा छन् ।

यस मध्य करैयामाई गाउँपालिका २ का ७६ बर्षिय एक वृद्धको निधन भयो । भने बाँकी ५२ जनाले कोरोना जितेर घर फर्किको फोकल पर्सन गुप्ताले जानकारी दिए ।

भारतबाट नेपाल भित्रिनेको संख्या केहीदिन अघिसम्म दैनिक सयजनाको हाराहारी भएपनी हाल योक्रममा कमि आएको छ ।

आजभोली दर्जनको हाराहारीमा मात्रै भारतबाट नेपाल आउने र उनीहरुको स्थानिय तहहरुको क्वारेन्टाईनमा राख्ने गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय