बारामा आज थप ५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

बाराको सुवर्ण गाउपालिका वडा नं ५ का ३० बर्षका पुरुष, बर्ष २८ र ३ को आमा छोरि, वडा नं २ र ७ को क्रमश बर्ष ३० र १६ को पुरुष रहेका छन् ।

अहिले उनिहरुलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ८० रहेको छ जसमध्य एकको मृत्यू भएको छ ।

हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ९, बिश्रामपुर गाँउपालिकामा २, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २३ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १४ जना, आदर्श कोटवाल गाउँपालिकामा ७ जना, देवताल गाउँपालिकामा १ जना, कोहल्वी नगरपालिकामा १ जना र सुबर्ण गाउँपालिकामा ७ जनामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय