मुस्लिम आयोग नेपाल अनुगमन समिति बाराले भोलि कलैयामा मुस्लिम अगुवा, नेता तथा मुस्लिम बुद्धिजिवीहरुको सर्वदलीय भेला आयोजना गर्ने भएको छ ।

अनुगमन समितिको हिजो बसेको बैठकले समसामयिक विषयमा छलफल गरेर निर्णय गर्न बिहान ११.३० बजे कलैयामा भेला अयोजना गर्न लागेको आयोगका अध्यक्ष बारा जिल्ला संयोजक राजमहम्मद रायले जानकारी दिनुभयो ।

भेलाबाट हाल विश्वव्यापी रुपमा रहेको कोरोना भाइरस महामारीबाट मृत्यु हुनसक्ने मुस्लिम समुदायका व्यक्तिहरुको अन्यष्टिको लागि आवश्यक कब्रिस्थानको व्यवस्था गर्ने तयारी गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको अनुरोधमा अनुगमन समितिले सर्वदलीय भेला आयोजना गरेर कब्रिस्थान बारे निर्णय गर्न लागेको संयोजक राजमहम्मदले जानकारी दिनुभयो ।

बैठकले महामारीको रुपमा फैलिएको कोरोनाबाट नेपालमा एक जना पनि मुस्लिम समुदायको मृत्यु नभएकोमा र भविष्यमा पनि त्यस्तो दुखद घटना बेहोर्नु नपरोस भनेर कामनासमेत गरेको छ ।

बैठकले मुस्लिम अगुवाहरुको भेलाको निर्णयबाट आगामी दिनमा बारा जिल्लामा रक्तदान कार्यक्रमसमेत अयोजना गर्ने निर्णय गरेको छ ।

संयोजक रायको अध्यक्षतामा बसेको बैठकमा अनुगमन समितिका जिल्ला सदस्य कलामुद्दिन अन्सारी, डा. मुफिद सिद्दिकी, जविउल्लाहा अन्सारी, डाक्टर करमुल्लाहा अन्सारी, रुस्ताम अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय