पुष्पराज खतिवडा : शसस्त्र प्रहरी वलले भारतबाट नेपाल भिर्‍याउँदै गरेको १५ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।

सिमा शुरक्षार्थ खटिएको शसस्त्र प्रहरी वलले शनिबार विहान सिम्रौनगढ नगरपालिका ६ अमरपुरबाट १५ लाख नेपाली रुपैयाँ सहित भन्सार छलीका कपडा बरामद गरेको हो । जेन्स पेन्टी, सेन्डो, बच्चाको कपडा र नाइटी रहेको बोरामा लुकाई राखेको अवस्थामा रकम बरामद भएको शसस्त्र प्रहरी उपरिक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।

“विहान ४ बजे गस्तीका क्रममा सिम्रौनगढ नगरपालिका ६ अमरपुर नहर नजिकै एक ब्यक्तिले बोराको पोको फाली भागे । बोरा खोलेर हेर्ने क्रममा कपडामा लुकाएको अवस्थामा एकहजार दरका १५ बण्डल नेपाली रुपैंया फेला परेको हो ” शसस्त्र प्रहरी उपरिक्षाक सुवेदीले जानकारी दिए । नगद सहित फेला परेका ३२५ थान सेण्डो, पेन्टी र नाईटीको अन्दाजी बजार मुल्य ३३ हजार ५० रुपैंया रहेको उनको भनाई छ ।

बेवारिसे अस्थामा फेला परेको रकम केकती प्रयोजनमा कसरी नेपाल ल्याईएको हो अनुसन्धानको विषय बनेको छ । यद्यपी हुण्डी वा कमिसन कारोबारमा प्रयोग भएको हुन सक्ने प्रारम्भीक अनुमान छ, सुवेदीले भने । बरामद भएको रकम कानुन अनुसार सम्बन्धित निकायमा बुझाउने तयारी भैरहेको उनले बताए । लकडाउनका समयमा समेत चोरी तस्करीमा संलग्नहरुको गतीविधि यथावत रहेकाले सो नियन्त्रणमा प्रहरी थप सक्रिय रहेको सुवेदीको भनाई छ ।

एकबर्षको अवधिमा यो दोस्रो पटक हो । यस अघि गत चैत्र १ गते जितपुर बजार नजिकैबाट एक भारतीय नागरिक सहित शसस्त्र प्रहरीले १२ लाख नगद फेला परेको थियो ।

प्रहरीले यस अघि सोही क्षेत्रबाट ठुलो परिमाणमा चाँदीका गहना छोकडा समेत बरामद गरी भंसार बुझाएको थियो ।

सिम्रौंगढ स्थीत वोर्डर आउट पोस्ट (विओपी) मा कार्यरत शसस्त्र प्रहरी निरिक्षक मल्ल नेतृतवको टोलीले गत कार्तिक १ मा १४ लाख बराबरको १९ केजी चाँदी र २५ गते लाखौं मुल्य बराबरको ३५ सय केजी छोकडा बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय