लकडाउनलाई खुकुलो पार्दै निजगढमा आजदेखि आलोपालो प्रणालीमा व्यापार व्यावसाय सञ्चालन गरिने भएको छ ।

लकडाउनका कारण व्यापार व्यवसाय चौपट हुन थालेपछि त्यसलाई व्यवस्थित पार्नकालागि आलोपालो प्रणाली अनुसार व्यवसाय सञ्चालन गर्न जिल्ला प्रशाशन कार्यालयले सुचना जारि गरेपछि कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढको हिजो बसेको बैठकले आलोपालोमा व्यवसाय संचालन गर्नकालागी व्यवस्था मिलाएको हो ।

बैठकले व्यवसाय सञ्चालन गर्न आलोपालो समय तालिका तोकेको छ । लकडाउनमा व्यापार व्यावसाय बन्द हुँदा व्यापारीहरुले नोक्सानी व्यहोर्नुका साथै उपभोक्तालाई पनि कठिनाइ भएकोले आलोपालो गरेर व्यवसाय गर्न दिईने व्यवस्था गरिएको हो ।

समितिले आइतबार, मंगलबार, बिहिबार र शनिबार बिहान ११ बजेदेखी अपरान्ह ३ बजेसम्म किराना पसल, खाध्यान्न, हार्डवेयर, ईलेकट्रीक, ईलेक्ट्रोनिक्स, मेशिनरी पार्टपुर्जा, ग्रिल उध्योग र पुस्तक पसल खोल्ने छ ।

सोमबार, बुधबार र शुक्रबार रेडिमेड कपडा, कस्मेटिक, जुत्ता,चप्पल, साईकल, मोटरसाइकल, सुनचाँदी, भाँडाका पसलहरु र फोटो स्टुडियो संचालन गर्ने व्यवस्था मिलाएको हो ।

यस्तै दैनिक खुल्ने पसलहरुमा माछा, माशु, अण्डा, औषधि पसल, हरियो तरकारी तथा फलफुल, दुग्ध र होमडेलीभरि मार्फत होटेल तथा रेस्टुरेन्ट दैनिक रुपमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन गर्न पाईने छ ।

समितिले जारि गरेको नियम उल्लङ्घन गरेमा पहिलो पटककोलागी १ हजार, दोश्रो पटककोलागी २ हजार र तेश्रो पटककोलागी ३ हजार रुपैंया जरिवाना गर्ने समेत समितिले निर्णय गरेको छ ।

बैठकले खाद्यान्न तथा तरकारी एकै पसलमा संचालन गर्न नपाइने र खाध्यान्न तथा किराना पसल बिक्रेताहरुले तरकारी बेच्न छुट्टै स्थानको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय