बारामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको आदर्श कोटवाल गाउँपालिकामा आज ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ४ का १२ बर्षय बालक र २३ बर्षय पुरुष, वडा नम्बर ५ का ३० बर्षय महिला र २५ बर्षय पुरुष र वडा नम्बर ८ का १८, २० र ३० बर्षय पुरुष रहेका छन ।

संक्रमित भएका संक्रमितहरु गत जेठ १२, १४ र १६ गते भारतको दिल्ली, मुंबइ र इन्दैरबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

गत जेठ १९ गते उनीहरुको सहित ५४ जनाको स्वाब संकलन गरी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा गरिएको पीसीआर परीक्षणमा आज ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैबिच, बाराको आदर्श कोटवाल गाउँपालिकामा गरिएको आरडिटि परीक्षणमा १९ जनाको पोजेटिप आएको छ । बारामा किटको अभाबका कारण उनीहरुको पीसीआर परीक्षणमा हुन सकेको छैन ।

यता, कलैया उपमहानगरपालिकामा रहेको कलैया अस्पतालमा ५० सयाको आइसोलेसन कक्ष भरिए पछि बारामा संक्रमित राखेर उपचार गर्ने आइसोलेसन कक्ष खाली नभएकाले उनीहरुलाई वीरगञ्जस्थित गण्डक कोभिड अस्पताल लैजाने तयारी भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

हाल बारामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाराको १६ वटै स्थानीय तहले आईसोलेसन वार्ड बनाउने तयारी गरिएको छ । बारामा प्रतेक उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० ओटा बेडका दरले आईसोलेसन तयार गर्न निर्देशन दिएको र स्थानीय तहहरुमा निर्माण हुने ५० बेड भन्दा बढीको क्वारेन्टाईन तथा आईसोलेसन वार्डको सुरक्षाको ब्यवस्था नेपाली सेनाले र सो भन्दा कम बेड भएको हकमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले गर्ने गरि जिम्मा दिइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

यस्तै, बारामा लकडाउन पश्रच्यात भारतीय क्षेत्रबाट नेपाल प्रबेश गर्न खोजेका ९० जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिई भारत तफनै फिर्ता पठाएको छ भने लकडाउन पश्रच्यात नेपालबाट भरत जान नदिई २७० लाई नेपालमै रोकिएको छ । यस्तै, स्थानीए सरकार र जिल्ला प्रशासनको सहयोगमा एक हजार ३ सय ७९ लाई नेपाल प्रबेश गराईएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति दिगविजय सुवेदीले जानकारी दिए ।

करिब आठ लाख ३० हजार जनसंख्या भएको बारा जिल्लाको १६ वटा स्थानिए तहमा अहिले १ हजार १ सय ८९ जना क्वारेन्टाइनमा रहेका छन । १६ वटा स्थानिए तह रहेको बारामा १० वटा स्थानिए तहमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ७० रहेको छ जसमध्य एकको मृत्यू भएको छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ९, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १४ जना, आदर्श कोटवाल गाउँपालिकामा ७ जना, देवताल गाउँपालिकामा १ जना र सुबर्ण गाउँपालिकामा १ जनामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय